नियम ९२
रजिस्ट्रारले मेलमिलापमा पठाउने
कुनै मुद्दामा तारिखमा रहेका दुवै पक्षको पहिलो तारिख मिलान भएकै दिन मेलमिलाप प्रक्रिया अपनाउन पक्षहरूको लिखित सहमति भएमा त्यस्तो मुद्दा मेलमिलापकर्ताको सूचीमा सूचीकृत भएका व्यक्ति वा संस्थासमक्ष बढीमा एक महिनाको समय दिई मेलमिलापको लागि पठाउने गरी रजिस्ट्रारले आदेश गर्न सक्नेछ ।